आउँने सबै चुनाव माओवादी, नेकपा एस र जसपा गठबन्धनले जित्नेछ : झाँक्री – Nepal Press

आउँने सबै चुनाव माओवादी, नेकपा एस र जसपा गठबन्धनले जित्नेछ : झाँक्री

काठमाडौं । नेपाल इन्जियिरर्स एशोसियसनको आसन्न निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धन विभाजित भएको छ । नेपाली कांग्रेससमर्थित इन्जिनियरभित्रै दुई प्यानल हुने अवस्थामा गठबन्धनका अन्य घटकले आफ्नै प्यानल घोषणा गरेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टीनिकट इन्जिनियरको प्यानल घोषणामा तीनवटा विकासे मन्त्रालयको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार मन्त्री रेणु यादव, ऊर्जामन्त्री पम्फा भुसाल र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसहित शीर्ष नेता उपस्थित भएका थिए ।

उम्मेदवारी घोषणासभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले यो गठबन्धनलाई हार्ने छुट नभएको भन्दै जिताउनका लागि जुनसुकै सहयोग गर्न आफूहरू तयार रहेको बताइन् ।

मन्त्री झाँक्रीले एमालेप्रति लक्षित गर्दै यो चुनावबाट एकथरी प्रवृत्तिलाई साइजमा राख्नु आवश्यक रहेको भन्दै अब मुलुकमा लगातार चुनाव आउने भएकाले गठबन्धन बलियो बनाउनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘यो गठबन्धनले स्थानीय तह, प्रदेश र संघीय तहमा उल्लेख्य सफलता पाउँनेछ भन्ने मानक तपाईंहरूले बनाउनुपर्छ । हाम्रोतर्फबाट सबै सहयोग हुनेछ ।’


प्रतिक्रिया

One thought on “आउँने सबै चुनाव माओवादी, नेकपा एस र जसपा गठबन्धनले जित्नेछ : झाँक्री

  1. काँग्रेस भन्न छाेडेछन् । अब विस्तारै अरू पनि भन्न छाेड्छन् दललहरूले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर