नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिने सम्भावना प्रबल, छिट्टै जिन सिक्वेन्सिङ गर्न चिकित्सकको सुझाव – Nepal Press

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिने सम्भावना प्रबल, छिट्टै जिन सिक्वेन्सिङ गर्न चिकित्सकको सुझाव

काठमाडौं । चीनमा पहिलोपटक कोरोना भाइरस भेटिएको करिब तीन वर्षको अवधिमा तीनवटा नयाँ भेरियन्ट पत्ता लागिसकेको छ । अल्टा, डेल्टाहुँदै पछिल्लो समय अफ्रिकामा ओमिक्रोन नामक कोरोनाको नयाँ भेरियन्ट भेटियो । जसकारण विश्व नै आतंकीत भइरहेको छ । नैपालमै दुईजना विदेशीलाई ओमिक्रोन संक्रमण भएको पत्ता लागेपछि यसको त्रास झन् बढिरहेको छ । तर नेपालमै कोरोनाको कुनै नयाँ भेरियन्टको जोखिम कतिको छ ? भन्नेबारे गहिरो खोज भएको छैन ।

अहिले नेपालका सरोकारवाला जिम्मेवार निकाय पनि भेटिएका भेरियन्टबाट जोखिनेबारे मात्रै धेरै कुरा गरिरहेका छन् । र, त्यसकै लागि अनेक प्रयास भइरहेको बताइरहेका छन् । बिडम्बनापूर्ण तथ्य यो छ कि, कोरोनाको एउटा भेरियन्टका लागि बनेको खोपले अर्को भेरियन्टमा काम नगरेको बताइन्छ । यस्तैमा कुनै नयाँ भेरियन्ट भेटिए के गर्ने ? भन्ने चिन्ता जनस्वास्थ्यविद्को छ । तर, नेपालमा नयाँ भेरियन्ट भए पनि पत्ता लगाउने स्थिति छैन ।

नेपालम डेल्टा, आमिक्रोन, अल्टा जस्तै खतरनाक र वा त्योभन्दा पनि घातक म्युटेसन भेटिनसक्ने भन्दै जनस्वास्थ्य विज्ञहरुले नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वन्स गर्न स्वास्थ्य मन्त्रालयसँग आग्रह गरिरहेका छन् ।

जनस्वास्थ्यविज्ञहरुले अझै पनि कोरोना भाइरसकै नयाँ म्युटेसन आइरहने बताउँछन् । नयाँ म्युटेसनहरु केही स्थिर भएर जाने, केही हराएर जाने र केही झनै घातक भएर फैलन सक्ने उनीहरुको अनुमान छ ।

कस्तो किसिमको भेरियन्टह तथा भाइरस छन् भनेर अध्ययन गर्नुलाई जिन सिक्वेसिङ भनिन्छ ।

नेपालमा पनि कोरोनाको जिन अध्ययन गर्नुपर्ने बताउँछन्, जनस्वास्थ्यविद् तथा ट्रपिकल प्रोफोसर डा सुजनबाबु महठ्ठा बताउँछन् । ‘विश्व स्वास्थ्य संगठनले कुल कोरोना संक्रमितमध्ये पाँच प्रतिशतको जिन सिकोइन्स गर्न भनेको छ, नेपालमा चार प्रतिशतको मात्रै जिन चेक गरियो भने नयाँ भेटिन सक्छ’, उनी भन्छन्, ‘नेपालमा जिन सिक्वेन्स गर्न एकदमै आवश्यक छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि मरहठ्ठाको कुरामा सहमत छन् । उनी भन्छन्– जिन सिक्वेइन्स गर्दा हामीले पनि सर्तकता अपनाउँदै र क्षमता विकास गर्दै लैजानुपर्छ । त्योसँगसँगै डिनेटिक सर्भिलेन्ट पनि गर्नुपर्छ । कोरोनाको नयाँ भेरियन्ट जुनसुकै देशमा बन्नसक्ने भएकाले नेपाल पनि यसबारे सचेत हुनपर्ने उनको बुझाइ छ ।

डा. पुन यसअघि हैजा र डेंगुका नयाँ भाइरस पत्ता लगाउने चिकित्सक हुन् । उनी सरुवा रोग विशेषज्ञ हुन् ।

छिट्टै अध्ययन गर्छौः स्वास्थ्य मन्त्रालय

कोरोना भाइरसको दोस्रो लहरले मुलु आक्रान्त भएका बेला पनि सरकारले जिन सिक्वेइन्स गर्ने प्रविधि भित्र्याएको थिएन । नयाँ भेरियन्टको शंका लागे नमूना हङकङ पठाउने गथ्र्यो । तर केही समयअघि मात्रै सरकारले जिन सिक्वेइन्स प्रविधि भित्र्याएको छ ।
उक्त प्रविधिमार्फत नै नेपालमा ओमिक्रोनको पुष्टि भएको थियो । तर नेपालमा नयाँ म्युटेसन भेटिएको हुनसक्ने आशंकामा कुनै पनि जिन सिक्वेइन्स नगरेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए ।

उनले भने, ‘पहिला नेपालमा यो प्रविधि थिएन । शंका लागेको नमूनाहरु हङकङ नै पठाउनुपथ्र्यो । पछिल्लो समय नेपालमा त्यो प्रविधि आइसकेको छ । सञ्चालनमा आएको भर्खरै हो । अस्ति दुई विदेशीलाई ओमिक्रो संक्रमण भएको यहीं पत्ता लागेको हो ।’ उक्त प्रविधिबाट अब छिट्टै नयाँ म्युटेसनको बारेमा पनि अध्ययन हुने उनले बताए ।


प्रतिक्रिया

One thought on “नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिने सम्भावना प्रबल, छिट्टै जिन सिक्वेन्सिङ गर्न चिकित्सकको सुझाव

  1. न आत्तिए हुन्छ। ओमिक्रोनले मान्छे लम्पसार पार्दैन। बरु उल्टै रोगसँग लडने क्षमता बढाउँछ। आतिएअनुसार हेर्ने हो भने अहिलेसम्म काठमाडौंको आधा भन्दा जनसंख्या सोत्तर भैसक्नु पर्ने , भारतमा करोडौ मान्छे मरिसक्नु पर्ने। यो भाईरस लग्ने बित्तिकै मर्ने होईन अनि लागेका मध्ये पनि एकदम बिरालाकोटि मात्रै मर्ने, मर्ने पनि अनेक रोगले जिर्ण र विदिर्ण बनाईसकेका मात्रै। यी सबै कुरा जान्दा जान्दै अनवश्यक तनाब दिएर, बन्द गरेर मान्छेलाई वाहियात आतङ्क मचाउनु आवश्यक छैन। भगवान पशुपतिनाथले कल्याण गरेकै छन। अस्तु!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर