संक्रमणदर तीन प्रतिशतबाट उकालो लाग्यो, बुधबार २३६ जना संक्रमित थपिए – Nepal Press

संक्रमणदर तीन प्रतिशतबाट उकालो लाग्यो, बुधबार २३६ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर २३६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट २१७ र एन्टिजेन परीक्षणबाट १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिइन् ।

प्रवक्ता डा. मिश्राका अनुसार २४ घण्टामा ७ हजार २३३ पीसीआर र ४ हजार ४३ एन्टिजेन परीक्षण भएको छ । २७२ जना कोरोनामुक्त भएका छन् । २ जनाको मृत्यु भएको छ । २४ घण्टाको पीसीआर परीक्षणको संक्रमणदर ३ प्रतिशत छ ।

हालसम्म पीसीआर बिधिबाट गरिएको परीक्षण ८ लाख २६ हजार ४२३ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिइन् । एन्टीजेन बिधिबाट ९६ हजार ०४० जनामा कोरोना पुष्टि भएको छ । ८ लाख ९ हजार ६५९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५७९ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर