व्यपार घाटा वृद्धि भएपछि राष्ट्र बैंकले गर्यो कडाइ, १६ आयाती बस्तुमा शसप्रतिशत नगद मार्जिन राख्नुपर्ने (सूचिसहित) – Nepal Press

व्यपार घाटा वृद्धि भएपछि राष्ट्र बैंकले गर्यो कडाइ, १६ आयाती बस्तुमा शसप्रतिशत नगद मार्जिन राख्नुपर्ने (सूचिसहित)

काठमाडौं । बस्तु आयातमा नेपाल राष्ट्र बैंकले थप कडाइ गरेको छ । एकीकृत निर्देशन २०७६ परिवर्तन गर्दै चिनी, चकलेट, मिनरल वाटर, मदिरा, भिनागर, चुरोट, सुर्तिजन्य बस्तु, परफ्युम, कस्मेटिक सामान, काठका बस्तु, जुत्ता, चप्पल, छाता र लठ्ठि, मार्सल, सिमेन्ट, प्लास्टर र सेरामिक बस्तु जस्ता बस्तुको आयात गर्दा १०० प्रतिशत नगद मार्जिन राखेर मात्रै प्रतितपत्र अर्थात एलसी खोल्न पाउने भएका छ्न् ।

यसैगरी मोटरसाइकल र विद्युतिय सवारी साधान बाहेकका गाडी आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राखेर मात्रै एलसी खोल्ने ब्यवस्था गरेको छ । विदेशबाट बस्तुको आयातमा नगद मार्जिन राख्नुपर्ने भएकाले आयात निरुत्साहित हुने छ । आयात कडाइको व्यवस्थाले शोधान्तर घाटा कम गर्न तथा सीडी अनुपात व्यवस्थापन गर्नका लागि सहज हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर