मदन-भण्डारी राजमार्ग कालोपत्रेमा एमाले-माओवादीबीच जस लिने होड – Nepal Press

मदन-भण्डारी राजमार्ग कालोपत्रेमा एमाले-माओवादीबीच जस लिने होड

सुर्खेत । पश्चिमसुर्खेतमा २०५१ सालमै सडकको पहुँच पुगे पनि स्तरोन्नति हुन सकिरहेको थिएन । कालोपत्रे नहुँदा स्थानीयले सास्ती खेपिरहेका थिए । पूर्वीसुर्खेतको सडकको अवस्था पनि यस्तै थिए । मदन भण्डारी राजमार्ग नामाकरण गरी तत्कालीन राज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य नवराज रावतले सडक उद्घाटन गरे ।

अहिले मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय ललितपुरले सडक कालोपत्रेदेखि पक्की पुल निर्माण समेतको काम गर्न टेण्डर आव्हान गरेको छ । कालोपत्रेको प्रक्रिया थालिएसँगै नेकपा एमाले र नेकपा मा‌ओवादी केन्द्रबीच सो सडकमा जस कसले लिने भनेर सामाजिक सञ्जालमा जुहारी पर्न थालेको छ ।

पूर्वीसुर्खेतको बोटेचौर-भेडाबारी-धुलियाविट खण्डको ३५ किलोमिटर सडक साढे २ वर्षभित्र कालोपत्रे सक्ने गरी काम अघि बढेको छ । करिब एक अर्ब बजेट लागतको सो सडक कालोपत्रे गर्न कालिका के एस जेभीसँग सम्झौता भएको छ । सात मिटर चौडाइसहित सडक कालोपत्रे गर्न लागिएको निर्दशनालयका इन्जिनियर शिव तिमिल्सेनाले बताए ।

मदन भण्डारी राजमार्गअन्तर्गत बराहताल गाउँपालिकाको बड्डिचौर हुँदै पश्चिम वेनिघाटसम्म ९४ किलोमिटर सडक पर्दछ । राजमार्गले जोड्छ । निर्देशनालयले तीनवटा पक्की पुल निर्माणका लागि टेण्डर आव्हान गरेको छ ।

विद्यापुर खोला, गुटु खोला र विउरेनी खोलामा ठेक्का व्यवस्थापन गरि निर्माण कार्य सुरु गरिने उनको तिमिल्सिनाले बताए ।

यता, राजनीतिक दलका नेताहरूले उक्त सडक आफ्नो पार्टीले निर्माण गर्न लगाएको भन्दै सामाजिक सञ्जालमा दोहोरी खेल्दै आइरहेका छन् । एमाले चौकुनेका अध्यक्ष हरि अधिकारी पूर्वमन्त्री नवराज रावतको पहलमा आयोजना परेको दाबी गर्छन् । उनले सामाजिक सञ्जालमा बधाईसमेत दिएका छन् ।

माओवादीनिकटको अनेरास्ववियू क्रान्तिकारीको नेता जगत ढकालले भने प्रदेश सरकारका आर्थिक मामिला मन्त्री विन्दमानको पहलमा मात्रै सडक कालोपत्रे सम्भव भएको दाबी गरे ।

निर्देशनालय एक कर्मचारीले भने केपी ओली नेतृत्वको सरकारका पालामा बजेट राजमार्गमा समेटिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर