विकिलिक्सले चुहाएको अमेरिकी खुफिया रिपोर्ट-प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार थिए राजा ज्ञानेन्द्र – Nepal Press

विकिलिक्सले चुहाएको अमेरिकी खुफिया रिपोर्ट-प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार थिए राजा ज्ञानेन्द्र

‘बाबुरामले भारतमा माओवादी शीर्ष नेता पक्राउ गराएपछि प्रचण्ड राजासँग नजिकिएका थिए’

इटहरी । अहिले बजारमा प्रचण्ड र केपी ओलीको ज्ञानेन्द्र फ्याक्टरको दोहोरी छ । ओलीले प्रचण्डको ज्ञानेन्द्रसँगको सम्बन्धको बारेमा पाँच बुँदे सहमति नै गरेर माघ १९ को उधुम मच्चिएको आरोप लाएका छन् । प्रचण्डले कडा भाषामा आपत्ति जनाएका छन् ।

यो पनि पढ्नुहोस् : ओलीको दाबी- प्रचण्ड र ज्ञानेन्द्रबीच सहमतिमा माघ १९ को उपद्रो भएको थियो (भिडिओ)

यद्यपि, प्रचण्ड र ज्ञानेन्द्रको मित्रवत सम्बन्ध र शक्ति बाँडफाँटका बारेमा पूर्वमाओवादी नेतृ हिसिला यमीदेखि चरम माओवादी युद्धकालमा भारतीय विदेश मन्त्रालयको नेपाल तथा भुटान हेर्ने हाकिम हुँदै नेपालका लागि राजदूतसमेत रहिसकेका रन्जित रेको पुस्तकमा समेत चर्चा गरिएको छ ।

केपी ओलीको दाबीको तत्कालै सशक्त प्रतिकार गरेका प्रचण्डले हिसिला र रञ्जित रे को खुलासाबारे भने केही बोलेका छैनन् । बरु उनले रन्जित रे को पुस्तकले माओवादी आन्दोलनबारेका भ्रम चिरेको टिप्पणी गरेका थिए ।

प्रचण्ड र ज्ञानेन्द्रको शक्ति बाँडफाँडको सहमति बारेमा विश्व चर्चित दस्तावेज विकिलिक्सले समेत सार्वजनिक गरेको थियो । अमेरिकाका गोप्य सूचनाहरू चुहाएर चर्चामा आएको विकिलिक्स्ले अमेरिकी गुप्तचरहरूले तयार गरेर राखेको गोप्य कूटनीतिक सूचनाहरूमा ज्ञानेन्द्र- प्रचण्ड सम्बन्ध बारेमा केही खुलासा गरेको थियो ।

काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकामा सन् २००७ अप्रिल ९ अर्थात २०६३ चैत्र २६ मा पठाएको सूचना चुहाँउदै विकिलिक्सले प्रचण्ड र ज्ञानेन्द्रको शक्ति बाँडफाँटको बारेमा जानकारी सार्वजनिक गरेको थियो । अहिले पनि उक्त सूचना विकिलिक्सको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ ।

बाबुराम भट्टराईले भारतीय गुप्तचर निकाय ‘र’ सँग मिलेर माओवादीका शीर्ष नेताहरूलाई धमाधम भारतमा पक्राउ गराएर पचण्डलाई पनि पक्राउ गर्ने तयारी गरेपछि प्रचण्ड र ज्ञानेन्द्र सम्बन्ध अगाडि बढेको अमेरिकी रिपोर्ट विकिलिक्सले चुहाएको थियो ।

यो पनि पढ्नुहोस् : ओलीविरुद्ध कडा वक्तव्य निकाल्ने प्रचण्डले राजा र माओवादीबारे खुलासा गर्ने रन्जित रे को किन गरे प्रशंसा ?

विकिलिक्सले राजा र माओवादी मिलेर अन्य दलहरुलाई तह लाउन प्रचण्डको प्रस्ताव भएको उल्लेख गरेको थियो । यस्तै तत्कालीन विद्रोही माओवादीका कमाण्डर प्रचण्ड राजा ज्ञानेन्द्रको प्रधानमन्त्री बन्न तयार भएको समेत विकिलिक्सले सार्वजनिक गरेको थियो ।

यो पनि पढ्नुहोस् : हिसिला यमीको दाबी– प्रचण्डले ज्ञानेन्द्रसँग मिलेर हामीलाई कमजोर पारेकै हुन्

प्रचण्डले ज्ञानेन्द्रका सैनिक अधिकारीमार्फत ज्ञानेन्द्रसँग रोल्पामा भेट्न चाहेको विकिलिक्सले सार्वजनिक गरेको थियो । तर, ज्ञानेन्द्रले भने रुकुम वा म्याग्दीमा भेट्न प्रस्ताव गरेको अमेरिकी गुप्तचर दस्तावेज विकिलिक्स्ले सार्वजनिक गरेको थियो ।

 


प्रतिक्रिया

4 thoughts on “विकिलिक्सले चुहाएको अमेरिकी खुफिया रिपोर्ट-प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार थिए राजा ज्ञानेन्द्र

  1. सत्य यसैगरी पालैपालो उदघाटित हुँदै जान्छ।आजको युग लुकाउन नसकिने सूचनाको युग हो। केपीले आरोप लगाए,प्रचण्डले धम्की सहितको चुनौती दिए।अब सत्यानुवेषकहरु तल्लीन भएर लागिपर्ने छन। सत्य मेव जयते।

  2. Oralo lageko murga lai pado le pani khedchha bhanthya ho rahechha tetra jana yudhaka comred prachanda hernuhos yo bijok aba aaune din ma jhan ke po hune ho🤔

  3. बरु प्रचण्ड कमरेडले के के संझौता भएको थियो भन्ने प्रष्ट पारे सुरक्षित हुन्थ्यो प्रचन्ड कमरेडको राजनैतिक भनिष्य!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर