एमाले अध्यक्ष ओली कपिलवस्तु आउँदै – Nepal Press

एमाले अध्यक्ष ओली कपिलवस्तु आउँदै

रुपन्देही । नेकपा (एमाले) कपिलवस्तुले आयोजना गर्ने जिल्लास्तरीय जनसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु आउने भएका छन् ।

पुस ६ गते जिल्लाको पश्चिमक्षेत्रमा आयोजना हुने जनसभामा विभिन्न पार्टी परित्याग गरी थुप्रै नेता, कार्यकर्ता एमालेमा प्रवेश गर्ने एमाले कपिलवस्तुले जनाएको छ । जिल्लाको पश्चिम क्षेत्रका पुराना लोकप्रिय नेता मंगलप्रसाद गुप्ता सहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रममा अध्यक्ष ओली आउने भएपछि पालिका तहमा व्यापक तयारी गरिएको एमाले कपिलवस्तुले जनाएको छ । सो कार्यक्रमको तयारीका लागि नेकपा (एमाले) कपिलवस्तु, नगर कमिटी, गाउँ कमिटीका बैठकहरु संचालन भएका छन् ।

नेकपा एमाले वाणगंगा नगर कमिटी सचिवालयको बैठक बनगाईमा बसेको छ । वैठकलाई सम्बोधन गर्दै पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य डम्मर शर्माले नेकपा एमालेमा आउनेको लहर चलेको बताए । उनले ६ गते बहादुरगञ्जमा हुने विशाल जनसभामा पूर्वप्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओली आउने खबरले कपिलवस्तुमा एमालेभित्र ऊर्जा थपिएको बताए ।

पार्टी सचिवालय सदस्य चक्र अर्यालले जनसभामा जिल्लाका पाटी कार्यकर्ता, शुभचिन्तकलगायतको उलेख्य सहभागिता हुने बताए ।
पार्टी अध्यक्ष केपी ओली कपिलवस्तु आउने भएपछि पालिकाहरूले वडा वडाबाट जनसहभागिता गराउने तयारी गरेको गाउँ कमिटी अध्यक्ष थर्कबहादुर खनगाहाले जानकारी दिए । वैठकमा सवारी साधनहरु साइकलदेखि ट्याक्टर, बस लगाएतका साधनहरू प्रयोग गरी ७ हजार कार्यकर्ता सहभागिता गराउने बताइएको छ ।

बैठकमा प्रदेश सांसद अर्जुन केसी, जिल्ला अध्यक्ष झविलाल पोखरेल, गाउँपालिका अध्यक्ष गोपालबहादुर थापालगाएतले तराई मधेशको समृद्धि र विकासको लागि नेकपा एमाले नभई नहुने भएकाले पार्टीप्रति जनलहर चलेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर