सुनको भाउ प्रतितोला एक हजार बढ्यो – Nepal Press

सुनको भाउ प्रतितोला एक हजार बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाल सुन प्रतितोला ९३ हजार कायम भएकोमा आज एक हजारले बढेर प्रतितोला ९४ हजार रूपैयाँ तोकिएको छ ।

तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सयमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँ बढेर एक हजार २५० निर्धारण गरिएको छ । हिजो चाँदीको भाउ एक हजार २३५ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *