३७ अंकले घट्यो नेप्से, प्रभु बैंकको कारोबार सबैभन्दा धेरै – Nepal Press

३७ अंकले घट्यो नेप्से, प्रभु बैंकको कारोबार सबैभन्दा धेरै

काठमाडौँ । साताको अन्तिम दिन आज सेयर बजार घटेको छ । कारोबारमा पनि गिरावट आएको छ ।

आज नेप्से परिसूचक ३७.८७ अंकले घटेर २३७६.७४ बिन्दुमा आएको छ । २ सय २४ कम्पनीको सेयर ५३ लाख ७९ हजार ८ सय ६० कित्ता सेयर किनबेच भएको छ । सो सेयर खरिदबिक्री हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रूपैयाँको कारोबार भएको हो ।

साताको अन्तिम दिन नेपाल बंगलादेश बैंक लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ३ सय ५४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, आज ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य घटेको छ । ७.५९ प्रतिशतले घटेर ३ सय ६५ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।

सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको ९ करोड ४३ लाख १९ हजार ४६ रूपैयाँ बराबरको कारोबार भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर