काठमाडौंमा मनाइयो कतारको राष्ट्रिय दिवस – Nepal Press

काठमाडौंमा मनाइयो कतारको राष्ट्रिय दिवस

काठमाडौं । एक विशेष कार्यक्रमको आयोजना गरी बुधबार काठमाडौंमा कतारको राष्ट्रिय दिवस मनाइएको छ ।

हायात रिसोर्टमा आयोजित कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले केक काटेर गरे । सरकारका मन्त्रीहरु, कूटनीतिज्ञ, राजदूत, व्यवसायी, संचारकर्मी, कलाकार सहभागी थिए ।

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले राष्ट्रिय दिवसको कार्यक्रममा नेपाली अतिथिलाई स्वागत गरेका थिए । दुबै मुलुकको राष्ट्रिय गीत पनि प्रस्तुत गरियो ।

कतारका संस्थापक शेख जसिम बिन मोहम्मद अल–थानीको स्मृति र राष्ट्रिय दिवसको अवसरमा कार्यक्रम गरिएको हो । सो अवसरमा कतारले आगामी वर्ष आयोजना गर्ने विश्वकप फुटबल बारेका तस्बिर पनि प्रदर्शनी गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर