नेप्से सामान्य अंकले घट्यो, कारोबार भने वृद्धि – Nepal Press

नेप्से सामान्य अंकले घट्यो, कारोबार भने वृद्धि

काठमाडौं । सेयर बजार आज सामान्य अंकले ओरालो लागेको छ । सेयर बजार ४.२३ अंकले घटेको हो । ०.१७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २४१४.६२ अंकमा झरेको थियो ।

हिजो भने नेप्से ६ अंकले वृद्धि हुँदा सकारात्क सर्किट ब्रेक लागेको थियो । २ सय २८ कम्पनीका ९८ लाख ७९ हजार १ सय ९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सामलिङ पावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सामलिङ पावरको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो । आज सारथी लघुवित्तका सेयरधनीले ५.३४ प्रतिशतले घाटा ब्यहोरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर