कांग्रेस चुनाव : पहिलो चरणमा मतदान गरेका एक सयभन्दा बढी मतदाता दोस्रो चरणमा गयल – Nepal Press

कांग्रेस चुनाव : पहिलो चरणमा मतदान गरेका एक सयभन्दा बढी मतदाता दोस्रो चरणमा गयल

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि दोस्रो चरणमा भएको मतदान सम्पन्न भएको छ । पहिलो चरणभन्दा दोस्रो चरणमा एकसय भन्दा बढी मतदाता गयल भएका छन् ।

पहिलो चरणमा ४६८१ मत खसेको भएपनि दोस्रो चरणमा भने ४५६२ मत मात्रै खस्यो ।

पहिलो चरणमा कुनै पनि सभापतिका आकांक्षीले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलाे चरणमा पनि कुल मतादतामध्ये ६४ जना अनुपस्थित रहेका थिए ।

दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाको प्रतिस्पर्धा छ । देउवालाई प्रकाशमान सिंह र विमलेन्द्र निधिले समर्थन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर