आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्छु: सभामुख सापकोटा (भिडिओ) – Nepal Press

आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्छु: सभामुख सापकोटा (भिडिओ)

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताएका छन् ।  मंगलबार १५ औँ संघीय संसद सेवा दिवसको अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सभामुखको रुपमा आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले आफूले संसदको प्रतिष्ठा र गौरवलाई माथि उठाउने प्रयत्न गर्ने भन्दै त्यसका निम्ति साथ दिन कर्मचारीहरुलाई आग्रह पनि गरे । आफूसँग काम गर्ने स्प्रिट रहेको उल्लेख गर्दै सभामुख सापकोटाले कर्मचारीहरुसँग रहेको विज्ञतालाई संयोजन गरेर काम गर्न सके संसदप्रति जनतालाई आशावादी बनाउन सकिने विश्वास व्यक्त गरे ।

उनले भने,‘चारैतिर अहिले निराशा छाइरहेको बेलामा, चारैतिर प्रश्न उठीरहेको बेलामा संघीय संसदबाट हामी एउटा शक्तिशाली सन्देश दिनसक्छौँ । जनतालाई आशावादी बनाउन सक्छौँ । यही दिशातिर अगाडी बढौँ ।’

सभामुख सापकोटाले संघीय संसद सचिवालयका कर्मचारीहरुलाई देशभक्तिको भावनाले काम गर्न पनि आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर