नेप्सेमा सकारात्मक सर्किट ब्रेकपछि ४० मिनेटलाई कारोबार बन्द – Nepal Press

नेप्सेमा सकारात्मक सर्किट ब्रेकपछि ४० मिनेटलाई कारोबार बन्द

काठमाडौं । दुई दिनमै १६८ अंकले घटेको सेयर बजार नेप्सेमा आज भने उत्साह देखिएको छ । आज सेयर कारोबार भएको पहिलो डेढ घण्टामै पहिलो सकारात्मक सर्किटब्रेक लागेको छ ।

नेप्से ५ प्रतिशतले बढ्दा वा घट्दा पहिलो सर्किटब्रेक लागेर ४० मिनेटका लागि कारोबार बन्द गर्ने व्यवस्था रहेको छ । कारोबार पुन: सुरू भएपछि थप १ प्रतिशतले नेप्से बढेमा आजको दिनको कारोबार बन्द हुनेछ ।

पहिलो सर्किटब्रेक हुँदासम्म बजार ११४.२५ अंकले बढेर २३९५.९३ अंकमा पुगेको छ । यसअवधिमा ३२ लाख ६४ हजार ३५८ कित्ता सेयर किनबेचबाट १ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर