युट्युबमा अश्लील शीर्षक राख्ने युटुबर पक्राउ – Nepal Press

युट्युबमा अश्लील शीर्षक राख्ने युटुबर पक्राउ

काठमाडौं । साइबर ब्यूरोले युट्युब च्यानल मार्फत अश्लील शीर्षक राखेर अश्लिलता झल्कने भिडियो प्रसारण गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालीकोट पचाल झरना गाउँपालिका- ९ घर भई हाल बुढानिलकण्ठ नगरपालिका- ४ बस्ने २१ वर्षीय भरत बहादुर तिरुवा रहेका छन् ।

तिरुवाले टेन्सन ब्रो नामक युट्युब च्यानल सञ्चालन गरी उक्त च्यानल मार्फत अश्लील शीर्षक राखेर अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई युट्युब लगायत सामाजिक सञ्जालमा प्रसारण गरेका थिए ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई शुक्रबार पक्राउ गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता नविन्द अर्यालले बताए ।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भैरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर