शेखरको प्रतिज्ञा- वैचारिक स्पष्टता, सुदृढ संगठन र विधानको पालना (पूर्णपाठ) – Nepal Press

शेखरको प्रतिज्ञा- वैचारिक स्पष्टता, सुदृढ संगठन र विधानको पालना (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । ‘एक व्यक्ति एक जिम्मेवारीः एकपटकको लागि मेरो उम्मेदवारी’ नाराका साथ उनले ७ संकल्पसहित प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।

उनले कांग्रेसको भविष्य युवाहरूको काँधमा मात्र सुरक्षित रहेको भन्दै एक कार्यकालका लागि मात्र कांग्रेस सभापतिमा आफू उठेको बताएका छन् ।

डा. कोइरालाले संविधान कार्यान्वयनको प्रतिबद्धता व्यक्त गर्दै वैचारिक स्पष्टता, सुदृढ संगठन र विधानको पूर्णपालना गर्ने प्रतिज्ञापत्रमा उल्लेख गरेका छन् । यस्तै, क्रियाशील र जिम्मेवार भ्रातृ एवम् शुभेच्छक संगठन निर्माण गरेर अनुभव र ऊर्जासहितको सशक्त कांग्रेस निर्माण गर्ने संकल्प उनले गरेका छन् ।

शेखरले पार्टीमा जवाफदेही नेतृत्वको स्थापना गरेर पारदर्शी निर्णय गर्दै सहभागितामूलक लोकतान्त्रिक अभ्यासको विकास गर्ने समेत दाबी गरेका छन् । पार्टीमा स्थानीय तहलाई बलियो बनाउने उनले संकल्प लिएका छन् । केन्द्रबाट हुने हस्तक्षेपलाई रोक्दै तल्लो तहको निकायलाई निर्णय लिन सक्षम र शक्तिशाली बनाउने उनले उल्लेख गरेका छन् ।

यस्तो छ कोइरालाको प्रतिज्ञापत्र-

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर