माओवादी कर्णाली प्रदेश सचिवमा जितेन्द्रको दाबी

२०७८ मंसिर २६ गते १२:५०

सुर्खेत । नेकपा माओवादी कर्णाली प्रदेश सचिवमा जिल्ला समन्वय समिति सुर्खेतका संयोजक कृष्ण जीसी ‘जितेन्द्र’ उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टीलाई चलायमान बनाउन र प्रदेश राजधानी रहेको सुर्खेतमा पार्टीलाई सांगठानिक रूपमा मजबुत पार्न जिसीले सचिवमा दाबी गरेको उनीनिकट स्रोतले बताएको छ । सचिव पदका अन्य आकांक्षीभन्दा उनी सिनियर नेता रहेको बताइएको छ ।
जितेन्द्र भने पार्टी नेतृत्वले पदाधिकारी चयनमा विवेक पुर्याउने आशा गर्छन् । ‘सबै क्षेत्रबाट सन्तुलित प्रस्ताव पेस भए सदस्य भए पनि स्वीकार्छु’, जितेन्द्रले भने ।
प्रतिक्रिया