देउवाले मात्रै जितेर हुँदैन, टिमका साथीहरु समेटिनुपर्छः शंकर भण्डारी – Nepal Press

देउवाले मात्रै जितेर हुँदैन, टिमका साथीहरु समेटिनुपर्छः शंकर भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले आफूमात्रै चुनाव जित्ने तयारी नगर्न सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

संस्थापन पक्षबाट पदाधिकारीको दाबेदार रहेका नेता भण्डारीले टिमका सबैलाई समेटेर अगाडि बढ्नुको विकल्प नरहेको भन्दै देउवा एक्लै अगाडि बढ्न नहुने बताएका हुन् ।

‘संस्थापन समूहमा लामो समयदेखि योगदान गरेका साथीहरु हुनुहुन्छ । सबैको भावनालाई सभापतिजीले बुझ्नुहुन्छ भन्ने लाग्छ । उहाँले जित्ने तर टिमका अरु नेताहरु नसमेटिने खालको प्रयास गरिए प्रत्युत्पादक हुनसक्छ’, भण्डारीले भनेका छन् ।

उनले महाधिवेशनमा संस्थापन समूहको व्यवस्थापन सही ढंगले गरेमा चुनाव जित्न कुनै असहजता नरहेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर