जेपी गुप्ताको टिप्पणी – कांग्रेस महाधिवेशनमा केपी ओलीको विकास र समृद्धिको भाष्यको प्रभाव देखियो – Nepal Press

जेपी गुप्ताको टिप्पणी – कांग्रेस महाधिवेशनमा केपी ओलीको विकास र समृद्धिको भाष्यको प्रभाव देखियो

काठमाडौं । नेपाली कांग्रेसमा लामो समय बिताएका पूर्वमन्त्री तथा मधेशका नेता जेपी गुप्ताले कांग्रेसको महाधिवेशनलाई केपी ओलीले चलाएको विकास, समृद्धि र समुन्नतिको भाष्यले प्रभावित पारेको टिप्पणी गरेका छन् ।

कांग्रेस महाधिवेशन शुरु भएकै दिन पूर्व कांग्रेस नेता गुप्ताले कांग्रेसका उम्मेदारहरु नीति र कार्यक्रम बेगर मुलुकको आर्थिक कायाकल्प गर्ने विषयमा बढी केन्द्रित देखिएको बताएका हुन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै गुप्ताले भनेका छन्– नेकपामा ओलीले चलाएको विकास, समृद्धी, समुन्नतिको ‘न्यारेशन’ले नेका अधिवेशन पुरै प्रभावित पारेको छ। पार्टीको सुसंचालन, संगठन निर्माण, आन्तरिक प्रजातन्त्र जस्ता विषयबाट थलिएको नेका भित्रका उम्मेदवारहरूले नीति र कार्यक्रम बेगर मुलुकको आर्थिक कायाकल्प गर्ने विषयमा बढी केन्द्रीत देखिए ।

गुप्ता कांग्रेस परित्याग गरेर मधेशवादी राजनीतिमा लागेका थिए । तर भ्रष्टाचार मुद्दामा जेल परेपछि उनी अहिले स्वतन्त्र विश्लेषकका रुपमा क्रियाशील छन् । उनी कुनै बेलाका पत्रकार समेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर