‘ए’ डिभिजन लिगः हिमालयन शेर्पा र पुलिस तथा जावलाखेल र मछिन्द्र भिड्दै – Nepal Press

‘ए’ डिभिजन लिगः हिमालयन शेर्पा र पुलिस तथा जावलाखेल र मछिन्द्र भिड्दै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा हुने पहिलो खेल १ बजे सुरु हुनेछ भने दोस्रो खेल ४ः४५ बजे सुरु हुनेछ । पहिलो चरणको खेलमा संकटासँग १–१ को बराबरी खेलेको शेर्पा दोस्रो चरणमा मनाङ मर्स्याङ्दि क्लबसँग १–० को नतिजामा पराजित भएको थियो ।

पहिलो चरणमा त्रिभुवन आर्मी फुटबल क्लबसँग १–१ को बराबरी खेलेको पुलिसले दोस्रो खेलमा जावलाखेल माथि १–० को जित निकालेको थियो ।

यस्तै, जावलाखेल पहिलो चरणमा मनाङसँग १–० को नतिजामा पराजित भएको थियो । दोस्रो चरणमा पुलिससँग १–० कै नतिजामा पराजित भएको जावलाखेल लिग तालिकामा अंकबिहिन छ ।

साविक विजेता मछिन्द्रले पहिलो चरणमा न्युरोड टिम माथि २–१ गोलको नतिजामा जित निकालेको थियो । मछिन्द्रले दोस्रो चरणमा आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *