नेप्से ३७ अंकले घट्यो, ३ अर्ब १२ करोड कारोबार – Nepal Press

नेप्से ३७ अंकले घट्यो, ३ अर्ब १२ करोड कारोबार

काठमाडौं । यो साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसुचक नेप्से ३७.१८ अंकले घटेर २५०८.९१ अंकको बिन्दुमा पुगेको छ । कारोबार सुरू भएको एक घण्टासम्म निरन्तररूपमा बढेको नेप्से कारोबार बन्द हुँदासम्ममा दोहोरो अंकले घटेको छ ।

२५४९.३६ अंकको बिन्दुबाट बढ्न सुरू गरेको नेप्से १२.०३ सम्ममा करिब ४० अंकले बढेर २५८९.८२ अंकको बिन्दुमा पुगेको थियो । २५८९ अंकको बिन्दुबाट निरन्तररुपमा घट्दो दरमा बढिरहेको नेप्से २५३२ अंकमा पुगेको थियो । करिब २ बजेको आसपासमा उक्त बिन्दुबाट २५५४.७५ अंकको बिन्दुलाई छोएर पुन घट्न थालेको थियो । कारोबारको अन्तिम १ घण्टामा बजार निरन्तररुपमा घटेर ३७.१८ अंकले बजार ऋणात्मक बनेको हो । सोमबार सेयर बजारमा परिसूचक नेप्सेमा नाटकीय ढंगको चलखेल देखिएको थियो । सुरूमा ७२ अंकले घटेको बजार कारोबार बन्द हुँदा ३२ अंकले बढेको थियो ।

नेप्सेमा आएको गिरावटसँगै हिजोको तुलनामा कारोबार रकम पनि घटेको छ । आज २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता सेयर खरिदबिक्रीबाट ३ अर्ब १२ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको छ । हिजो ४ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज कारोबार भएका १३ समूहगत परिसूचक मध्ये व्यापार समूह र सामूहिक लगानी समूहबाहेक अन्य समूहको सेयर कारोबारमा घटेका छन । बैंकिङ समूहको १२.५५ अंक, होटल तथा पर्यटन समूहको ४९.४१ अंक, विकास बैंक समूहको १४०.९५ अंक, जलविद्युत समूहको ७४.६९ अंक, वित्तीय समूहको ९०.०८ अंक, नीर्जीवन बीमा समूहको १६०.९८ अंक, उत्पादन तथा प्रसोधन समूहको ९२.०३ अंक, अन्य समूहको ५६.४४ अंक, लघुवित्त समूहको ७२.५६ अंक, जीवन बीमा समूहको ७३.९४ अंक र लगानी समूहको ०.७५ अंकले कारोबार घटेको छ ।

सिटिजन्स सामूहिक लगानी कोष २ ले सबैभन्दा धेरै ४.६५ प्रतिशत र लक्ष्मी इक्विटी फण्डले ४.४९ प्रतिशतले कमाएका छन् । आईसीएफसी फाइनान्स कम्पनीको कारोबार सबैभन्दा धेरै ७.६५ प्रतिशतले घटेको छ ।

१२ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार गर्दै प्राइम कमर्सियल बैंक कारोबार रकमका आधारमा सबैभन्दा अगाडि रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर