लिङदेनको जितपछि समर्थकको नाचगान (तस्बिरहरु) – Nepal Press

लिङदेनको जितपछि समर्थकको नाचगान (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन निर्वाचित भएसँगै समर्थकका खुशीयाली छाएको छ । पार्टीको निर्वाचन परिणाम घोषणामा बिहानै उपस्थित भएका उनका पक्षधर कार्यकर्ताहरु नाचगान गरेर खुशी मनाइरहेका छन् ।

हिजो रातिमध्य रातमा सम्पन्न भएको निर्वाचनको परिणाम आज बिहान ७ बजे घोषणा गरिएको थियो । जसअनुसार कमल थापालाई पराजित गर्दै लिङदेन विजयी भएका हुन् । निर्वाचन परिणाम घोषणामा अध्यक्षका दुवै उम्मेदवार उपस्थित थिएनन् ।

परिणाम घोषणासँगै थापा पक्षका कार्यकर्ताहरु निराश बनेर फर्किएका थिए । लिङदेन पक्षधरहरुले भने केही बेर नारावाजी र नाचगान गरे । उनीहरु भृकुटीमण्डपमा लिङदेनको पर्खाइमा छन् ।

तस्बिरहरु: उमेश कार्की/नेपाल प्रेस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर