कोरोनाबाट मृतकका परिवारलाई घोराही उपमहानगरको सहयोग – Nepal Press

कोरोनाबाट मृतकका परिवारलाई घोराही उपमहानगरको सहयोग

दाङ । दाङको घोराही उपमहानगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई राहतस्वरूप आर्थिक सहयोग गरेको छ । उपमहानगरले पहिलो चरणमा ५४ जनाको परिवारलाई ५० हजारका दरले आर्थिक सहायता प्रदान गरेको हो ।

नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले मृतकका आफन्तलाई चेक हस्तान्तरण गरे । मेयर चौधरीले कोरोना जोखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षा र सावधानीमा जोड दिए ।

कोरोनाबाट बुबा गुमाएका घोराही-१५ का गणेश श्रेष्ठले आफूहरूको पीडामा सहयोग गरेर अभिभावक बनेकोमा धन्यवाद दिए । उपमहानगरमा अहिलेसम्म १०४ जनाको राहतका लागि कागजात प्राप्त भएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *