माओवादीको विधान परिमार्जन गर्न कार्यदल गठन, अरु के-के भए निर्णय ? (भिडिओ) – Nepal Press

माओवादीको विधान परिमार्जन गर्न कार्यदल गठन, अरु के-के भए निर्णय ? (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले विधान परिमार्जन गर्नका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । स्थायी कमिटीको शुक्रबार बिहान बसेको बैठकले देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन कार्यदल बनाएको हो ।

कार्यदलमा पम्फा भुसाल, लिलामणी पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव सदस्य रहेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । मंसिर २५ गतेसम्म कार्यदलले विधान मस्यौदा प्रस्ताव गर्ने भएको छ ।

त्यस्तै राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको महराले बताए ।

बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधी बनाएको छ । केन्द्रीय प्रतिनिधिको संख्या थप्न अध्यक्ष प्रचण्डलाई प्रस्ताव तयार पार्ने जिम्मेवारी समेत बैठकले दिएको छ ।

बैठकले राष्ट्रिय सम्मेलनमा आउने प्रतिनिधिका लागि प्रतिव्यक्ति २ हजार शुल्क निर्धारण गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर