श्रम मन्त्रालयका सचिव गौतमको बिदाई – Nepal Press

श्रम मन्त्रालयका सचिव गौतमको बिदाई

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमलाई  एक कार्यक्रम आयोजना गरी बिदाई गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले सचिव गौतमले पुर्याएकाे योगदानका लागि धन्यवाद दिदैँ आगामी कार्यकालका लागि शुभकामना पनि दिए ।

बिदाई मन्तव्यका क्रममा गौतमले मन्त्रालयमा आफ्नो कार्यकालमा भएका उपलब्धीको चर्चा गरेका थिए । सचिव गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *