भारी मतसहित एमालेमा दोस्रोपटक ओली विजयी – Nepal Press

भारी मतसहित एमालेमा दोस्रोपटक ओली विजयी

काठमाडौं । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् ।

चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८३७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत प्राप्त गरेका छन् ।

पोखरेलले भने, ‘विद्युतीय मतदानमा बदर भन्ने हुन्न तर केही नो भोटसमेत रहेकाले खसेजति मत उम्मेदवारले पाउन सकेनन् । त्यसैले खसेको मत र दुई उम्मेदवारले पाएको मत जोड्दा हिसाब मिल्दैन ।’

एमालेमा सर्वसम्मति प्रयास असफल भएपछि ओली र रावलबीच चुनाव भएको थियो । अघिल्लो नवौं महाधिवेशनमा माधव नेपाललाई झिनो अन्तरले पराजित गरेका ओलीले यसपाली रावलमाथि सहज जित हासिल गरेका छन् ।

निर्वाचन आयोगले केही बेरमा मतपरिणामको आधिकारिक घोषणा गर्दैछ ।


प्रतिक्रिया

2 thoughts on “भारी मतसहित एमालेमा दोस्रोपटक ओली विजयी

  1. मैले आज १.३० बजे लेखेको थिए ओलीको १८०० र रावलको २५० मत आउनेछु भनेकोमा मोतामोति आयो, खुशि लाग्यो, दुवै कमरेडहरूलाई हार्दिक बधाई तथा शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर