मतदान सकियो, केही समयपछि गणना – Nepal Press
एमाले महाधिवेशन

मतदान सकियो, केही समयपछि गणना

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि भएको मतदान सकिएको छ । बिहान ४ बजेदेखि सुरु भएको मतदान भर्खर सकिएको हो ।

बन्दसत्रबाट केन्द्रीय कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीप्रति केही नेतासँगै प्रतिनिधि सन्तुष्ट नभएपछि चुनावी प्रक्रिया सुरु भएको थियो ।

चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन् । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल मैदानमा छन् । सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनाव लडेका छन् । आचार्य यसअघि पनि सचिव थिए ।

वरिष्ठ, उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका छन् ।

सदस्यहरुका लागि पनि मतदान भएको छ । अब केही समयपछि मतगणना सुरु हुने जनाइएको छ ।


प्रतिक्रिया

One thought on “मतदान सकियो, केही समयपछि गणना

  1. एमाले पार्टीको बिधान र मदन भण्डारी काे जनबादकाे नारा बचाउन भिम रावलले जितन जरुरत छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर