पुष्पलाल, मनमोहन र मदनसँगै ओली (तस्बिरहरु) – Nepal Press

पुष्पलाल, मनमोहन र मदनसँगै ओली (तस्बिरहरु)

चितवन । केपी शर्मा ओलीको अतिप्रचार नगर्नु नेकपा (एमाले)को १० औं महाविधेशनको शुरुवाती विशेषता थियो ।

प्रथम विधान महाविधेशनलाई ओलीमय बनाइएपछि भएको आलोचना र स्वयं आचारसंहिताको खिलाप भएको हुनाले पहिलेजस्तो ओलीको प्रचार गरिएको थिएन।

महाधिवेशन उद्घाटन सत्रमा कहीँकतै पनि ओलीको प्रतिमा र मस्कट राखिएको थिएन । आलोचनाबाट सिकेको भनेर यसको प्रशंसा पनि भएको थियो ।

यद्यपि उद्घाटन सत्रमै आमसभामामा सहभागीबीच प्रस्तुत गरिएको वृत्तचित्रमा भने ओलीको अतिप्रचार गरिएको थियो ।

सौराहाको बन्द सत्रस्थलमा पनि कहीँकतै ओलीका तस्बिर राखिएको थिएन । एमालेको निर्वाचन आचारसंहिताले नै यो रोकेको थियो ।

अध्यक्षका उम्मेदावर भीम रावलले उम्मेदवारी प्रचारका लागि बनाएको पर्चा नै खोसिएको थियो।

ओलीको नराखिएको भए पनि बन्दसत्र स्थलमा कम्युनिष्ट नेताहरु माक्र्स, लेलिन, स्टालिन, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको प्रतिमा राखिएको थियो ।

सोमबार मध्यरातमा भने ओलीको प्रतिमा पनि थपियो । नेपाली कम्युनिष्ट नेताहरु पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीसँगै ओलीको प्रतिमा राखियो, जहाँ सहभागीहरुले सेल्फी खिचिरहेका थिए ।

हेर्नुहोस् तस्बिरहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर