वागमती प्रदेशका आकांक्षी मिलाउन चाक्सीबारीमा बैठक – Nepal Press
कांग्रेस महाधिवेशन

वागमती प्रदेशका आकांक्षी मिलाउन चाक्सीबारीमा बैठक

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वागमती प्रदेश समितिका उम्मेदवारहरू टुंगो लगाउन संस्थापनइतर पक्षको बैठक सुरू भएको छ ।

चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा सुरु भएको बैठकमा संस्थापनइतर पक्षका वागमती प्रदेशका नेताहरू उपस्थित छन् । बैठकमा नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, गगन थापालगायत उपस्थित छन् ।

‘आज मुख्यतः वागमती प्रदेशको उम्मेदवारबारे छलफल गर्न लागेका हौं । हाम्रोतिरका आकांक्षीहरू मिलाउनुपर्नेछ’, बैठकमा सहभागी एक नेताले भने । संस्थापनइतर पक्षबाट राजुराज जोशी, जगदीश्वरनरसिंह केसी र रमेश धमलाले वागमती प्रदेश सभापतिमा आकांक्षा राखेका छन् । आजको बैठकमा उम्मेदवारहरूको व्यवस्थापन र साझा प्यानल निर्माणबारे छलफल हुने बताइएको छ ।

कांग्रेसले वागमती प्रदेशको अधिवेशन संयोजन गर्ने जिम्मेवारी नेता सिंहलाई दिएको छ । अधिवेशन व्यवस्थापनबारे पनि आज छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर