निर्वाचित केन्द्रीय सदस्य सूचीमै परेनन्, सुरेन्द्र मानन्धरले दिए खुल्ला सदस्यमा उम्मेदवारी – Nepal Press

निर्वाचित केन्द्रीय सदस्य सूचीमै परेनन्, सुरेन्द्र मानन्धरले दिए खुल्ला सदस्यमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको हलमा प्रस्तुत भएको केन्द्रीय सदस्यको सूचीमा समावेश नभएपछि युवा नेता सुरेन्द्र मानन्धर खुला प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सह-इन्चार्ज रहेका मानन्धरलाई अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको प्रस्तावित सूचीमा नसमेटिएपछि उनले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

मानन्धरले ८१ औं नम्बरमा उम्मेदवारी दर्ता गराएका छन् । आफू निर्वाचित केन्द्रीय सदस्य भएकाले प्यानलमा नपरे पनि खुल्ला प्रतिस्पर्धामा उत्रिएको र महाधिवेशन प्रतिनिधिले न्याय गर्ने विश्वास लिएको मानन्धरले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर