पशुपतिशम्शेरले दिए वाकओभर, राप्रपा अध्यक्षमा नउठ्ने – Nepal Press

पशुपतिशम्शेरले दिए वाकओभर, राप्रपा अध्यक्षमा नउठ्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने भएका छन् । मंसिर १५ देखि १९ गतेसम्म राप्रपाको महाधिवेशन हुँदैछ ।

राणाका स्वकीय सचिव केशव कटुवालले राणाले अध्यक्ष नलड्ने तय भएको नेपाल प्रेसलाई बताए ।

‘उहाँले आधिकारिक घोषणा गरिसक्नुभएको छैन, तर आफूसँग भेट्न आउनेहरूलाई चुनाव नलड्ने जानकारी गराउनुभएको छ,’ कटुवालले भने ।

आफू नलड्दा भावी अध्यक्षमा राणाले भावि अध्यक्षमा कसलाई समर्थन गर्नेछन् भन्ने स्पष्ट भएको छैन । सहमतिमा नेतृत्व छनोट हुनेपर्ने पक्षमा उनी रहेको कटुवाल बताउँछन् ।

आजै राप्रपामा उम्मेदवारी घोषणा गरेका कमल थापाले पनि आफूसँग राणाले चुनाव नलड्ने बताएको जानकारी दिए ।

थापाले भने, ‘राणा अध्यक्षमा लड्नु हुन्न । निरन्तर पार्टीको एकता कायम राख्ने सद्भाव र शुभेच्छा उहाँको मलाई प्राप्त भएको छ,’ थापाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर