सूचीमा नपरेका विशाल भट्टराईलाई प्रदेश अध्यक्षको आश्वासन – Nepal Press

सूचीमा नपरेका विशाल भट्टराईलाई प्रदेश अध्यक्षको आश्वासन

काठमाडौं । एमाले महाधिवेशनमा सहमतिका लागि केपी शर्मा ओलीले प्रस्ताव गरेका ३०१ जनाको केन्द्रीय सदस्य सूचीमा विशाल भट्टराई परेका छैनन् ।

प्रतिनिधिसभाका प्रमुख सचेतकसमेत रहेका भट्टराईलाई ओलीसहितका नेताहरूले प्रदेश अध्यक्ष बनाउन तयार भएको बताइएको छ ।

पदाधिकारीमा आकांक्षा देखाएका भट्टराईले उम्मेदवारी पनि दिएका छैनन् । नेताहरूसँगको कुराकानीपछि उनी प्रदेश अध्यक्ष बस्न तयार भएको एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर