पदाधिकारीमा ओलीले घोषणा गरेकाबाहेक तीनजनाको उम्मेदवारी – Nepal Press
एमाले महाधिवेशन

पदाधिकारीमा ओलीले घोषणा गरेकाबाहेक तीनजनाको उम्मेदवारी

अध्यक्ष, उपाध्यक्ष र सचिवमा चुनाव हुने

काठमाडौं । नेकपा एमालेको जारी दशौं महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्ता सकिएको छ । हिजो राति अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सूचीमा नपरेका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिए भने घनश्यम भुसाल र भीम आचार्यले उपाध्यक्ष र सचिवमा उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा भने घोािषतबाहेक कसैले पनि उम्मेदवारी दिएनन् ।

त्यस्तै केन्द्रीय सदस्यमा पनि सूचीमा नपरेकाहरुले उम्मेदवारी दिएका छन् ।

ओलीले घोषणा गरेका पदाधिकारीहरुले पनि मनोनय दर्ता गराएका छन् । अध्यक्षमा ओली स्वयम्, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम घोषणा गरिएको थियो ।

त्यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको उम्मेदवारी दर्ता भएको छ ।

सचिवमा आचार्यबाहेक टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालले पनि उम्मेदवारी दिएका छन् । उनीहरु ओलीले घोषणा गरेको सूचीमा पनि परेका छन् ।


प्रतिक्रिया

2 thoughts on “पदाधिकारीमा ओलीले घोषणा गरेकाबाहेक तीनजनाको उम्मेदवारी

  1. Vice chairperson kota 1 thapne ra teha Bhanashaym Bhusal, Secretary kota 1 thapne teha Bhim Acharya Sametnu parchha

  2. Vice chairperson kota 1 thapne ra teha Ghanashaym Bhusal, Secretary kota 1 thapne teha Bhim Acharya Sametnu parchha. Total padadhikari-21

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर