एमाले अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता, रावल र ओलीबीच चुनाव हुने निश्चितप्रायः – Nepal Press
एमाले महाधिवेशन

एमाले अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता, रावल र ओलीबीच चुनाव हुने निश्चितप्रायः

चितवन । यसअघिका अध्यक्ष केपी शर्मा ओलीले एमाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षकै लागि यसअघिका उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गराएका छन् । यससँगै ओली र रावलबीच चुनाव हुने निश्चितप्रायः छ ।

ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थनमा शंकर पोखरेल रहेका छन् । उनीहरु महासचिवका दाबेदार थिए ।

एमालेको जारी १० औं महाधिवेशनअन्तरगत नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिएका रावलले उम्मेदवारी फिर्ता नलिने बताइसकेका छन् ।

त्यस्तै उपाध्यक्षमा हिजो राति ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका घनश्यम भुसाल र सचिवमा भीम आचार्यले पनि उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया

One thought on “एमाले अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता, रावल र ओलीबीच चुनाव हुने निश्चितप्रायः

  1. केन्द्रिय सदस्यको लिस्टमा खड्ग ओलिको नाम देखिएन । यसले बैधानिक समस्या ल्याउला है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर