धादिङ कांग्रेसको सभापतिमा पौडेल पक्षका अधिकारी निर्वाचित – Nepal Press

धादिङ कांग्रेसको सभापतिमा पौडेल पक्षका अधिकारी निर्वाचित

धादिङ । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्दी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन् । अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । ढुंगानालाई संस्थापन पक्षको समर्थन रहेकोे थियो ।

अधिकारीले १ हजार ८२ मत ल्याए भने ढुंगानाको १ हजार ४६ मत आयो । सभापतिसहित अन्य पदाधिकारी र सदस्यमा पनि अधिकांश रामनाथकै प्यानलका उम्मेदवार विजयी भएका छन् ।

उपसभापतिमा गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी , सचिवमा रामकृष्ण पाण्डे र विकास श्रेष्ठ विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर