एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी, मनोयन फारम भरेपनि दर्ता हुन बाँकी – Nepal Press

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी, मनोयन फारम भरेपनि दर्ता हुन बाँकी

चितवन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा आफ्नो दावी गर्दै दरखास्त फारम भरेका छन् ।

एमालेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेपछि उनले मनोनयन फारम भरेका हुन् । यद्यपी निर्वाचन आयोगले दर्ता भने गरेको छैन् ।

आयोगले निर्वाचनका सम्पूर्ण प्रक्रिया भोलीसम्मका लागि स्थगित गरेपछि उनको उम्मेदवारी दर्ता हुन नसकेको हो ।

उनले भने-  मैले सुरुबाट नै अध्यक्षका लागि दावी गर्दै आएको छु । अध्यक्षका लागि मनोनयन दिएको छु । अव निर्वाचन मण्डलले कतिबेला समय तोक्छ त्यती बेला नै दर्ता हुन्छ । मैले बुझाउँछु ।

अध्यक्षमा लड्नका लागि यसअघि पनि राजनीति निर्णय गरिसकेको उनको भनाई छ ।

उनले आफूसँग कसैले सहमतिबारे केही कुरा नगरेको उनले स्पष्ट पारे ।

रावलले ध्वनि मत, हाते मत आफूलाई स्वीकार्य नहुने चेतावनी दिए । ‘गोप्य निष्पक्ष र मतदान हुनुपर्छ । दबाब र प्रभावबाट मुक्त भएर मतदान हुनुपर्छ,’ उनले भने ।

शुक्रबारबाट जारी महाधिवेशनमा सहमितबाटै नेतृत्व चयन गर्ने भन्दै नेताहरुले आन्तरिक छलफललाई पनि तीव्रता दिएका छन् ।

शनिबार बन्दसत्रले अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गर्ने अधिकार दिएपनि सहमति जुट्ने सम्भावना नदेखिएपछि आइतबार अवेर राति निर्वाचन प्रक्रिया आरम्भ भएको हो ।

निर्वाचन प्रक्रिया आरम्भ भएपछि रावलले आफ्नो उम्मदवारी दिएका हुन् ।

यता, निर्वाचन आयोजका अध्यक्ष डा. विजय सुब्बाले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार उम्मेदवारी मनोनयन लगायतका बाँकी सबै प्रक्रिया बिहान ८ बजेबाट मात्रै अगाडि बढाउने तयारी भएको छ ।

मतदाता नामावली प्रकाशनपछि उम्मेदवारको मनोनयन प्रक्रिया शुरु भएको थियो । राति महाधिवेशन प्रतिनिधिहरुको व्यवस्थापन र उम्मेदवारी फारम वितरणमा प्राविधिक समस्या भएपछि अहिलेकै अवस्थामा स्थगित भएको सुब्बाले नेपाल प्रेसलाई बताए ।

उनले भने– फारम वितरण भइरहेको थियो । तर अध्यक्ष मण्डलको निर्णय अनुसार अब निर्वाचन प्रक्रियाका बाँकी सबै कार्यहरु सोमवार विहान ८ बजेपछि शुरु हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर