शेखरले भने- डडेलधुरामा पुनः अधिवेशन हुनुपर्छ – Nepal Press

शेखरले भने- डडेलधुरामा पुनः अधिवेशन हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डडेलधुरामा पुनः अधिवेशन हुनुपर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विधिवत अधिवेशनको माग गर्दै अनसनमा रहेका डडेलधुरा कांग्रेसका नेता कार्यकर्ताहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै नेता कोइरालाले सभापति शेरबहादुर देउवाको गृहजिल्लामै विधानविपरीत अधिवेशन गरिएको आरोप लगाए ।

‘पार्टीको विधानविपरीत, राज्य प्रशासनको नियन्त्रणमा गरिएको अधिवेशनको औचित्य छैन । डडेलधुरामा फेरि विधिसम्मत अधिवेशन गर्नुपर्छ’, कोइरालाले भने ।

डडेलधुरामा संस्थापन पक्षले एकलौटी अधिवेशन सम्पन्न भएको घोषणा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर