सेयर बजारमा त्रैमासिक समीक्षाको प्रभाव, नेप्से ८० अंकले घट्यो – Nepal Press

सेयर बजारमा त्रैमासिक समीक्षाको प्रभाव, नेप्से ८० अंकले घट्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ८०.२९ अंकले घट्दै २६५१.४९ अंकमा कारोबार बन्द भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामार्फत सेयर कर्जा सीमा यथावत राखेपछि त्यसको प्रभाव बजारमा परेको छ ।

बजार घटे पनि कारोबार रकम भने बढेको छ । कारोबार रकममा भएको वृद्धिले घटेको बजार बाउन्स व्याक हुने लगानीकर्ताको आशा कायमै छ । आज २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर खरिदबिक्रीबाट ५ अर्ब ८३ करोडबराबरको सेयर कारोबार भएको छ ।

१३ समूहगत उपसूचकहरूमध्ये ८ वटा समूहगत उपसूचकको सूचांक १३२ अंक भन्दा बढी ५३८ अंकसम्म घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको ५३८ र नीर्जीवन बीमा समूहको ३८६ अंकले कारोबारमा घटेको छ । यसैगरी विकास बैंक समूहको २६७ अंक, उत्पादन तथा प्रसोधन समूहको १९२.४१ अंक, व्यापार समूहको १५९.१७ अंक, होटल तथा पर्यटन समूहको १४७.०९ अंक र जलविद्युत समूहको १३२ र लघुवित्त वित्तीय संस्था समूहको १३९ अंकले कारोबारमा गिरावट आएको छ ।

यसैगरी वित्तीय समूहको सुचाङ्क ६८ अंक र बैंकिङ समूहको करिब ३५ अंकले घटेको छ । आईसीएफसी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ९.७८ अंकले कमाएका छन् ।

२८ करोड ८१ लाख बराबरको कारोबार गरेको महालक्ष्मी विकास बैंक सबैभन्दा धेरै सेयर कारोबार गर्ने कम्पनी बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर