नाडाको निर्वाचन मंसिर २२ र २३ मा, अध्यक्षको प्रत्यासी को को ? – Nepal Press

नाडाको निर्वाचन मंसिर २२ र २३ मा, अध्यक्षको प्रत्यासी को को ?

काठमाडौं । अटोमोबाइल्स डिलर्स एसोसियसन (नाडा) को निर्वाचन मंसिर २२ र २३ गते काठमाडौंमा हुँदै छ । सो निर्वाचानले नाडाको नयाँ अध्यक्ष सहित अन्य पदाधिकारीहरु चयन गर्ने छ ।

मंसिर २२ र २३ गते हुने ४५ औँ साधारणसभाबाट करणकुमार चौधरी र ध्रुव थापा अध्यक्ष बन्ने दाैडमा रहेका छन् ।

साधारणसभाले अध्यक्षसहित १७ सदस्यलाई निर्वाचित गर्ने छ । चोधरी काठमाडौं बसेर अटोमोबाइल्सको व्यापार गर्छन भने थापाले पोखरालाई केन्द्र बनाएर व्यवसाय गर्दै आएका छन् ।

चौधरी र थापाको प्यानलमा को को छन् ?

चौधरी र थापाले आफ्नो प्यानल बनाएर निर्वाचनमा हुमिएका छन् ।

चौधरीको प्यानल

करण चौधरी प्यानलले आफ्नो समूहमा करिब करिब पदाधिकारी पनि टुंगो लगाएको छ । अध्यक्षका लागि करणकुमार चौधरी, उपाध्यक्षका लागि सुनिल रिजाल र राजनबाबु श्रेष्ठ सो समूहमा तयार बनाएको छ । अन्यको भने समूहले छलफल गरिरहेको छ ।

थापा प्यानल

थापा समूहमा अध्यक्षका लागि ध्रुव थापा छन्, भने अन्य व्यक्तिहरु सदस्यमा निर्वाचित भएपछि पदाधिकारी भाग लाउने तयारीमा छन् । थापा समूहबाट आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपेन्द्र मिश्र, रिद्धि कार्की, दिपक अग्रवाल र अमर रन्जित लगातको टोलीले चुनाव लड्दै छ ।

७ वटै प्रदेशमा नाडाले आफ्नो कार्यलय स्थापना गरिसकेको छ । चौधरी र थापाको प्यानल देशैभर आफ्नो पक्षलाई जिताउन भोट माग्दै हिडिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर