विश्वकप छनोटमा युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल – Nepal Press

विश्वकप छनोटमा युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले युएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।
दुबईको आईसीसी एकेडेमी मैदानमा जारी खेलमा दुबई ५.३ ओभरमा २६/१ को अवस्थामा रहेको छ ।

नेपालले ग्लोबल छनोटमा स्थान बनाउन युुएईलाई १० रन अथवा १० बलको फरकमा जित निकाल्नु पर्ने दबाब रहेको छ ।

नेपाल ४ खेलमा ३ जित र १ हारसहित ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । अपराजित युएई ८ अंकसहित तालिकाको शीर्षस्थानमा छ ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले मलेसिलाई या६ विकेटले पराजित गरेको थियो ।

युएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर