ला लिगामा बार्सिलोनाको छैठौं जित – Nepal Press

ला लिगामा बार्सिलोनाको छैठौं जित

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा सिजनको छैठौं जित निकालेको छ । शनिबार राति भ्रमणकारी टोली बार्सिलोनाले घरेलु टोली भिल्लारियलमाथि ३-१ को सहज जित हात पारेको हो ।

बार्सिलोनाको सहज जितमा फ्रान्की डी जोङ, मेम्फिस डिपाए र फिलिपे कौटिन्होले समान १/१ गोल गरे । घरेलु टोलीका स्यामुइल चुकविइजीले एक गोल फर्काए ।

प्रशिक्षक जाभि होर्नाण्डेजको नेतृत्वमा बार्सिलोनाको स्पेनिस ला लिगामा दोस्रो जित हो । शनिबार राति भएको अन्य खेलमा मालोर्काले गटाफेसँग गोलरहित बराबर खेल्यो । यस्तै भ्यालेन्सिया र रायो भालेकोनोले १-१ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन् ।

सेल्टा भिगोले भने डिपोर्टिभो अलाभेसलाई २-१ ले पराजित गर्यो । जितसँगै बार्सिलोना १४ खेलबाट २३ अंक जोडेर सातौं स्थानमा छ । पराजित भिल्लारियल १६ अंक जोडेर १२औं स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको रियल मड्रिडको ३० अंक रहेकेा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *