तेह्रथुमका ४३ वटै वडामा माओवादीको सर्वसम्मत नेतृत्व – Nepal Press

तेह्रथुमका ४३ वटै वडामा माओवादीको सर्वसम्मत नेतृत्व

तेह्रथुम । नेकपा माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

गत ४ मंसिरबाट सुरू वडा अधिवेशनबाट सबै ठाउँमा सहमतिबाट नेतृत्व चयन गरिएको माओवादी केन्द्रका जिल्ला समन्वय समिति सचिव तेजमान कन्दङ्वाले जानकारी दिए ।

आसन्न केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा वडा सम्मेलनमा जुटेको केन्द्रले गाउँगाउँमा नेता कार्यकर्ताहरूसँग भेटघाट र संगठन विस्तारलाई तिव्र बताएको छ ।

वडा सम्मेलन सम्पन्नसँगै पालिका सम्मेलनमा तयारी गरेको माओवादी केन्द्र तेह्रथुमका छथर अध्यक्ष अनिल आंखेवाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर