बन्दसत्र सुरु हुनुअघि ओलीनिकट नेताहरु आन्तरिक परामर्शमा, भीम रावलकाे बेग्लै छलफल – Nepal Press
एमाले महाधिवेशन

बन्दसत्र सुरु हुनुअघि ओलीनिकट नेताहरु आन्तरिक परामर्शमा, भीम रावलकाे बेग्लै छलफल

चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेताहरुले आन्तरिक छलफल थालेका छन् । अध्यक्ष केपी शर्मा ओली र उनीनिकटका नेताहरुबीच नेतृत्व चयनका विषयमा छलफल भइरहेको छ । त्यस्तै अध्यक्षका आकांक्षी भीम रावलले पनि छलफलका लागि आफूनिकटका नेताहरुलाई बोलाएका छन् ।

अहिलेसम्म भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने बताइरहेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि आइतबार राति बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीसँगै केन्द्रीय कमिटी बढाउने निर्णय गरेको थियो । यससँगै आकांक्षीहरु पनि बढेकाले नेताहरुको व्यवस्थापन गर्न सकस भइरहेको बुझिएको छ ।

अध्यक्ष ओली भने सकेसम्म चुनाव नगराउने मुडमा रहेको निकटस्थ नेताहरुले बताइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर