एमाले महाधिवेशनमा बन्दसत्रका लागि ८ बुँदे आचारसंहिता टासियाे: के गर्न पाइने, के नपाइने ? – Nepal Press

एमाले महाधिवेशनमा बन्दसत्रका लागि ८ बुँदे आचारसंहिता टासियाे: के गर्न पाइने, के नपाइने ?

चितवन । नेकपा एमालेको चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रका लागि निर्वाचन समितिले ८ बुँदे आचारसंहिता तयार गरेको छ । ९ गते बसेको बैठकले नै निर्वाचन आचारसंहिता जारी गरेको निर्वाचन समितिका अध्यक्ष विजय सुब्बाले बताए ।

आचारसंहितामा पार्टीको विधानविपरीत उम्मेदवारले प्रचारप्रसार गर्ने नपाउने उल्लेख छ ।

प्रचारप्रसारका लागि ४ इन्चसम्मको प्रचार सामग्री तयार गर्न पाइने जनाइएको छ । बन्दसत्र अवधिमा कसैले छुट्टै भेला गर्नसमेत बन्देज लगाइएको छ ।

त्यस्तै भोजभतेर गर्न नदिने र मादक पदर्थ सेवन गरेर प्रचार गर्न नपाइने भएको छ । समूहगत रुपमा उम्मेदवारी लेखिएका वा छापिएका सामग्री हेरेर मतदान गर्ने नपाइने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर