चिनियाँ रेडक्रसले नेपालका बाढीप्रभावितलाई १ लाख अमेरिकी डलर सहयोग गर्ने – Nepal Press

चिनियाँ रेडक्रसले नेपालका बाढीप्रभावितलाई १ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाडौं । बाढीप्रभावितको घर पुनर्निर्माणका लागि चिनियाँ रेडक्रसले नेपाललाई १ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार सो रकम नेपाल रेडक्रस सोसाइटीमार्फत सहयोग गरिने भएको हो ।

चिनियाँ जनता नेपाली जनताको पक्षमा उभिने र विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्ने, विपद् रोकथाम तथा न्यूनीकरणमा नेपाली पक्षसँग सहकार्य गर्ने दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाललाई मानवीय सहायतामा सघाउन तयार रहेको बताउँदै चीनले दुःख र शोक बाँड्ने प्रतिबद्धतासमेत जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर