फ्राइडे रिलिज : नेपाली बक्सअफिसमा सलमान खान भर्सेस जोन अब्राहम – Nepal Press

फ्राइडे रिलिज : नेपाली बक्सअफिसमा सलमान खान भर्सेस जोन अब्राहम

काठमाडौं । शुक्रबार नेपाली हलहरुमा दुई नयाँ फिल्म रिलिज भएका छन् । यी दुबै फिल्ममा बलिउडका दुई ठूला स्टारकास्ट छन् र दुबैको जनरा एक्सन ड्रामा हो ।

सलमान खान फिल्मसको ‘अन्तिम : द फाइनल ट्रुथ’ र जोन अब्राहमको ‘सत्यमेव जयते २’ छन् । जोनको फिल्म बिहीबार नै नेपाल र भारतमा प्रदर्शनमा आएको हो ।

मराठी फिल्म ‘मुल्सी पार्टन’को रिमेक रहेको सलमानको फिल्म ‘अन्तिम’मा सलमानसहित आयुश शर्मा र महिमा मकवानाको मुख्य भूमिका छ ।

शिख प्रहरी अधिकृत (सलमान) र ग्याङस्टर (आयुश)को कथा वरपर घुम्ने यो फिल्मले अपराधको कारण किसानहरुले भोग्नुपरेको दारुण अवस्थालाई चित्रण गर्छ । महेश मञ्जेरकरले यसलाई निर्देशन गरेका हुन् ।

टी सिरिज र एमे इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म सत्यमेव जयतेको दोस्रो सिक्वेलमा जोनसहित दिव्या खोसला कुमारको मूख्य भूमिका छ । अन्याय र शक्तिको दुरुपयोगविरुद्धको कथा यसमा छ । जोनले यस फिल्ममा तेहेरो भूमिका निर्वाह गरेका छन् ।

नेपालमा सलमान र जोनका प्रशंसक भएकाले ती वर्गका दर्शकले रुचाउने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *