एमाले महाधिवेशन सुरू, नारायणी किनारमा घुइँचो (तस्बिरहरु) – Nepal Press

एमाले महाधिवेशन सुरू, नारायणी किनारमा घुइँचो (तस्बिरहरु)

अधिकांश नेता पुगे, ओली आउँदै

चितवन । नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोह चितवनमा सुरू भएको छ । नारायणी नदी किनारमा बनाइएको भव्य मञ्चअघि हजारौं कार्यकर्ताहरु जम्मा भइसकेका छन् भने नेताहरू आउने क्रम सुरू भएको छ ।

महाधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । उद्घाटन समारोहमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्वोधन गर्ने कार्यक्रम छ ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् ।

उद्घाटन समारोहमा केही विदेशी पाहुनाहरुको पनि सहभागिता रहनेछ । एमालेलाई शुभकामना दिन ४ देशका विभिन्न दलका १५ जना अतिथिहरू आएका छन् ।

उद्घाटन कार्यक्रमको सुरूआतमा कलाकारहरूले प्रस्तुति दिएका छन् ।

अहिलेसम्म रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य , प्रदिप ज्ञवाली, रघुजी पन्त, सुरेन्द्र पाण्डे लगायतका नेताहरु महाधिवेशनस्थल पुगिसकेका छन् ।

एमाले अध्यक्ष केपि शर्मा ओली अहिलेसम्म महाधिवेशनस्थल पुगेका छैनन् । ओली साढे १२ बजे मञ्चम पुग्ने बताइएको छ । अहिले सांस्कृति कार्यक्रम भइरहेको छ ।

                


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर