दलित संघ अछामका सहसचिव विक कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित – Nepal Press

दलित संघ अछामका सहसचिव विक कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

धनगढी । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघ अछामका सहसचिव टेकबहादुर विक महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीति गरिरहेका २४ वर्षका विक अछाम निर्वाचन क्षेत्र नम्बर २ मा भएको कांग्रेसको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि मा निर्वाचित भएका हुन् ।

दलिततर्फ प्रतिस्पर्धामा उत्रिएका विकले खसेको जम्मा ८ सय ३३ मध्ये ४ सय ८७ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । उनी महाधिवेशनमा बढी मत पाउनेमध्ये दोस्रो नम्वरमा परेका छन् ।

उक्त क्षेत्रमा अछाम कांग्रेसका पूर्वसभापति पुष्पबहादुर शाह सबैभन्दा बढी ५ सय ४५ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । नेपाल दलिल विद्यार्थी संघका केन्द्रीय उपमहासचिव विकले २०६६ सालमा अछामको विद्या प्रबोधनी उच्च मावीबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । उनले पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवम नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माका स्वकीय सचिव भएर समेत काम गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर