स्वर्णमा नेपालको ‘क्लिन स्विप’ – Nepal Press

स्वर्णमा नेपालको ‘क्लिन स्विप’

काठमाडौं । एसियन यु-१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट- २ को चारै प्रतिस्पर्धामा नेपालले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ । बिहीबार सिंगल्स फाइनलको ब्वाइजरगल्र्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पार्दै स्वर्णमा नेपालले ‘क्लिन स्विप’ गरेको हो । बुधबार ब्वाइजरगल्र्स डबल्समा नेपाली जोडीले शीर्ष स्थान हासिल गरेका थिए ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा नेपालका सक्षमविक्रम शाहले दर्शिल श्रेष्ठलाई ६-१ र ६-० को सोझो सेटमा पराजित गरे । पाकिस्तानका अमिर मुहम्मद खान मजारी र भारतका सिद्धार्थ जिबु संयुक्त रुपमा तेश्रो भए ।

सातदोबाटोस्थित टेनिस कम्प्लेम्समा भएको गल्र्स सिंगल्स फाइनलमा नेपालकी सुनिरा थापाले प्रशंसा मोक्तानलाई ६-४ र ७-६ ९३० को सेटमा हराइन् ।

नेपालकी आद्या पौडेल र अमेरिकाकी नाला जोस्फिन मास्केले तेश्रो स्थानमा चित्त बुझाए । अघिल्लो साता सम्पन्न सर्किट- १ को सिंगल्समा पनि सक्षम र सुनिरा नै च्याम्पियन बनेका थिए । त्यस सर्किटको डबल्समा पनि दुवैले स्वर्ण जितेका थिए ।

पाँचदिने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका ३३ खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर