देउवा र पौडेललाई सर्वोच्च नेता बनाउने निधिको प्रस्ताव – Nepal Press

देउवा र पौडेललाई सर्वोच्च नेता बनाउने निधिको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं १४ औं महाधिवेशनमा सभापतिका प्रत्याशी विमलेन्द्र निधिले वर्तमान सभापति शेरबहादुर देउवालाई सर्वोच्च नेता बनाउनुपर्ने बताएका छन् ।

आफ्नो प्रतिवद्धता र योजना सार्वजनिक गर्दै निधिले आफू सभापति भए देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वोच्च नेता घोषणा गर्नुपर्ने बताए ।

विगतमा गणेशमान सिंहलाई सर्वोच्च नेता मानिएको उदाहरण दिदै निधिले आफू सभापति भए राजकीय पदहरुमा शीर्ष नेताहरुको व्यवस्थापन गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर